अन्ततः ओलीले फेर्ने भए मन्त्री
काठमाडौं । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार करिव डेढघण्टा छलफल गरेका छन् ।
त्यसअघि ओलीले मन्त्रिमण्डल हेरफेरबारे मंगलबार अर्का नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए ।
बालुवाटार उच्च श्रोतका अनुसार मन्त्रिमण्डल हेरफेरका क्रममा करिव ८ जना मन्त्रिहरुले विदा पाउनेछन् । त्यस स्थानमा नयाँ नेताहरुले मौका पाउनेछन् । कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरुलाई बिदाइ गरेर नयाँ ल्याउने तयारीमा ओली लागेका हुन् ।
यस्तै कतिपय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय परिवर्तन गर्ने तयारी समेत प्रधानमन्त्री ओलीको छ ।
विगत २० महिनामा मन्त्रीहरुले गरेको कामको आधारमा उनीहरुलाई सोही किसिमको जिम्मेवारी दिन लागेको वालुवाटार स्रोतको दावी छ ।
शुक्रबार ९ बजे ओली र प्रचण्डले नयाँ मन्त्रीको नामबारे निर्णय लिने बताइएको छ ।
यसअघि मंगलबार बसेको नेकपा सचिवालय बैठकले नै नयाँ बन्ने मन्त्रीको नामबारे टुंगो लगाउने भनिएपनि सांगठनिक विषयमात्रै टुंग्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल