शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्री सोनल फोनबाटै बने कार्यवाहक मुख्यमन्त्री

बिहीबार, २८ कात्तिक २०७६, २० : ०८
बिहीबार, २८ कात्तिक २०७६


जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत अमेरिका भ्रमणमा गएपछि भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल कार्यवाहक मुख्यमन्त्री जिम्मेवारी सम्हालेका छन् । मुख्यमन्त्री लालबाबु राउतले सोनललाई अमेरिका उडान पूर्व फोन सम्पर्क गर्दै कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको प्रदेश नम्बर २ का प्रमुख सचिव दीपक सुवेदीले जानकारी दिए ।

‘वरिष्ठताको हिसाबले मुख्यमन्त्री बाहिर गएको बेला स्वतः उहाँपछिको मन्त्री कार्यवाहक मुख्यमन्त्री हुने प्रावधान छ’ प्रमुख सुवेदीले भने ,‘वरिष्ठतामा पनि मुख्यमन्त्रीपछि मन्त्री सोनल पर्नुहुन्छ र उहाँलाई मुख्यमन्त्रीजीले फोन गरेर कार्यवाहकको जिम्मेवारी दिनुभएको छ ।’ 

मुख्यमन्त्री राउत बुधबार एन्टाको कार्यक्रममा सहभागी अमेरिका गएका हुन् । मुख्यमन्त्री बनेको लामो समयपछि राउत पहिलो पटक विदेश भ्रमणमा गएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप