शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह उपनिर्वाचनः दुई उम्मेदवारविरुद्ध उजुरी पर्यो

बिहीबार, २८ कात्तिक २०७६, १९ : १३
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौँ । स्थानीय तहको रिक्त पदमा हुन लागेको उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका दुई उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ । 

निर्वाचन आयोगका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० मा वडाध्यक्षका नेपाली काँग्रेसका उम्मेदवार देवराज भारतीयको विरोधमा स्वतन्त्र उम्मेदवार शिवभक्त ठाकुर(नाउ) र पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ मा राप्रपा (लोकतान्त्रिक) का उम्मेदवार जानुका थाम्सुहाङको विरोधमा राप्रपाका उम्मेदवार मिलन गिरीको उजुरी परेको हो । 

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तह तर्फ आयोगले बुधबार मनोनयन दर्ताको कार्यक्रम सम्पन्न गरेको थियो । 

जसअनुसार आयोगले बिहीबार ११ देखि ५ बजेसम्म उजुरी दिने कार्यक्रम तय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप