शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रियल स्कूल अफ नेपाल २०१९को क्षेत्रीय विजेता पोखराको सैनिक अवासीय महाविद्यालय

बिहीबार, २८ कात्तिक २०७६, १८ : ४२
बिहीबार, २८ कात्तिक २०७६

पोखरौं– रियल स्कूल अफ नेपाल २०१९ अन्तर्गत आठौं क्षेत्रीय फाइनल पश्चिमाञ्चलको पोखरामा यही नवेम्बर १३, २०१९ मा सम्पन्न भएको छ । 

यस प्रतियोगिताबाट विजयी विद्यालय सैनिक अवासीय महाविद्यालय घोषित भएको छ । 

विजयी विद्यालयका सहभागी विद्यार्थीहरु देवयानी गुरुङ, स्मृती पौडेल, अर्जन कुँवर, आकाश चन्द्र गौतम, पुजा बुढाथोकी र सचिन गुरुङ हुन् ।
 
यी विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१९ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।

यससँगै प्रतियोगिताको पहिलो क्षेत्रिय (फाईनल) प्रतिस्पर्धा अन्त्य भएको छ । अब दोस्रो क्षेत्रिय (फाईनल) प्रतिस्पर्धा नवेम्बर १७ मा काडमाढौंमा हुने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप