शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गायक बने नायक सलोन र आमेश

बिहीबार, २८ कात्तिक २०७६, १८ : ४१
बिहीबार, २८ कात्तिक २०७६

काठमाडाैँ। अभिनेता सलोन बस्नेत र आमेश भण्डारी गायक बनेका छन् । ‘मेरो लागि तिमी ...’ बोलको गीत सलोन र आमेशले स्वरमा रेकर्ड गरिएको छ । 

सलोन र आमेशकै शब्द रहेको गीतको संगीत रोमन बज्राचार्यले गरेका छन् ।

गीतसंगीत प्रतिको सौख पुरा गर्न गीत गएको अभिनेता सलोनले बताए । ‘अभिनय र गायन दुवैमा मेरो लगाव छ । अभिनयमा अलिक बढि नै समय दिनु परेकोले गायनमा लाग्न भ्याइन’ सलोनले भने ‘अव भने गीत गायनलाई पनि समय दिनेछु ।’

आमेशले पनि गीत गायन रुचि भएको बताए । उनको पनि गायनमा अव निरन्तरता दिने सोच रेहको छ । 

गीतको भिडियो पनि बनेको छ । भिडियोमा सलोन आमेश दुबै देखिएका छन् । सुशिल बाबु क्षेत्रीको निर्देशन रहेको भिडियोले दिन्सन शाहले सम्पादन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप