तनहुँमा करेन्ट लागेर २ जनाको मृत्यु
बिहीबार, २८ कात्तिक २०७६, १८ : १६
तनहुँ– करेन्ट लागेर तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा आज दुई जनाको मृत्यु भएको छ । निर्माणाधीन जामुने स्वास्थ्यचौकीको भवनमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर दुई भारतीय नागरिकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा २२ वर्षीय आजाद आलम र २५ वर्षीय सागर आलम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । स्वास्थ्यचौकी भवनमा मार्बलको काम गर्ने क्रममा विद्युत् शर्ट भएर उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । दुवैको शव दमौली अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल