कम्युनिष्टहरुले राष्ट्रवादको नारा लगाउन छोडेहुन्छ : पौडेल
झापा । नेपाली कांग्रेसको नेता रामचन्द्र पौडेलले लिपुलेकमा अन्तर्राष्ट्रिय व्यापार मार्ग खोल्ने भारत र चीनका प्रधानमन्त्रीले बेइजिङ्गमा गरेको सहमतिका बारेमा पनि नेपालले बोल्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस झापाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले लिपुलेक त्रिदेशीय सिमानामा पर्ने नेपाली भूमि भएकाले नेपालको समेत सहभागिताका सो सहमति हुनुपर्ने बताए । उनले भने–‘लिपुलेकमा अन्तराष्ट्रिय व्यापार मार्ग खोल्ने विषयमा नेपालको समेत सहभागिता हुनुपर्ने हो । तर नेपाललाई बाहिर राखेको विषयमा पनि कुरा गर्नुपर्छ ।’
पौडेलले दुईतिहाईको सरकार अनि प्रतिपक्षको साथ भएको बेलामा सरकारले कुटनीतिक पहल गरेर सीमा विवाद समाधान गर्न नसके कम्युनिष्टहरुले राष्ट्रवादको नारा लगाउन छोड्नुपर्ने बताए । उनले अहिले जस्तो उपयुक्त मौका सीमा विवादको अन्त्य गर्ने विषयले प्रधानमन्त्री केपी ओलीको गफ र काम के हो भन्ने छुट्टिने बताए ।
पौडेलले सरकारले जनताका आवश्यक के हुन् भन्ने विषयलाई छुट्यायाउन नसकेको बताए । पौडेलले भने–‘सरकारले जनताका आवश्यकता खुट्याउन सकेन । जनतालाई खानेपानी चाहिएको छ । प्रधानमन्त्री पानी जहाजको कुरा गर्नुहुन्छ । जनतालाई सडक चाहिएको छ । तर सरकार रेल ल्याउने कुरा गर्छ ।’
पौडेलले राजनीतिमा गुटबन्दी स्वभाविक भएपनि गुटबन्दी व्यवस्थापन गर्न नसक्दा कांग्रेस कमजोर भएको पनि साे क्रममा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य