बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो समय आर्थिक अपराधमा बृद्धि हुँदै गएको छ : मुख्यमन्त्री पोखरेल

बिहीबार, २८ कात्तिक २०७६, १६ : ३६
बिहीबार, २८ कात्तिक २०७६

बुुटवल– प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले ‘आर्थिक अपराधमा’मा बृद्धि भएको बताएका छन । रूपन्देही व्यापार संघको १८ औं साधारणसभा तथा दशौं अधिवेशनलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘राज्यलाई कर नतिर्नेहरूका कारण ‘इकोनिमिक्क क्राइम’ बृद्धि भयो त्यो रोकिनुपर्छ राज्यमात्रै लागेर हुँदैन् ।’ बुटवल–भैरहवा जस्ता महत्वपूर्ण आर्थिक हवको क्षेत्रमा यस्ता आर्थिक अपराध धेरै हुने गरेको उनले बताए । उनले राज्य कर नतिर्ने अनि अवैध पैसालाई मिटर ब्याजमा लगाउनेहरुको संख्या बढिरहेको बताए । 

उनले नदीजन्य पदार्थ निकाल्नका लागी व्यापारीहरुले युवाहरुलाई प्रयोग गर्दै आएको बताए । उनले भने, ‘मिटर ब्याज असुल गर्न शुरुमा युवाहरु सहयोगी बन्छन्, पछि लुटेरा समूह बन्ने गरेका छन् ।’ उनले व्यवसायीहरुलाई वैद्यानकि क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

उनले बुटवल र भैरहवाको आर्थिक विकास भएको भन्दै यसलाई अझै विस्तार गर्नुपर्ने बताउँदै बुटवलको सडक विस्तारमा अवरोध नगर्न स्थानीय घरधनी/व्यापारीहरूलाई आग्रह समेत गरे । मुख्यमन्त्री पोख्रेलले राजमार्ग चौराहादेखि गोलपार्कको सडक विस्तार रोक्न माग गर्दै अदालतमा मुद्दा हाल्नेलाई मुद्धा फिर्ता लिन आग्रह गर्दै भने, ‘आफ्नै खुट्टामा आफैँ बन्चरो हान्ने काम नगर्नुहोस् । दुईचार वित्ता जग्गाको लोभमा अदालत नधाउनुहोस् ।’
बुटवल बजार क्षेत्रको व्यापार विस्तारका लागि पनि यो सडककलाई फराकिलो बनाउनुपर्ने मुख्यमन्त्री पोखरेलको जोड थियो । ‘जति अवरोध ग¥यो उति नै बुटवलबासीलाई नै घाटा हुन्छ । यो सडकलाई विस्तार गर्न व्यापारीहरूले पनि सघाउनुपर्छ’ पोखरेलले भने ।

चौराहादेखि गोलपार्कसम्मको झण्डै साढे ३ किलोमिटर सडकबारे स्थानीय व्यापारीहरुले अदालतमा मुद्दा हाल्दा विस्तार कार्य अगाडि बढ्न सकेको छैन । यो सडक वरिपरि ३ सय ११ घरधुरी भत्काउनुपर्ने अवस्था छ । यो सडकको काम वर्षौदेखि ठप्प छ । 

उता, उपमहानगरपालिकाले कालिका पथ पनि बिस्तार गर्न थाालेको छ । यो सडकमा पनि हालै केही स्थानीयले अदालतमा मुद्धा दायर गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप