शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डा भट्टराई र उपेन्द्र यादवको राजपालाई हेर्ने दृष्टिकोण फरक फरक

बिहीबार, २८ कात्तिक २०७६, १६ : १४
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबारे समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको फरक फरक धारणा आएको छ । 

राजपा नेपालसँग एकताबारे छलफल चलिरहेको बेला अध्यक्षद्वयको फरक फरक धारणा आएको हो । 

 अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित (कात्तिक २२ गते सार्वजनिक भएको) ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ पुस्तकमा राजपाका नीतिगत, वैचारिक, सैद्धान्तिक र दार्शनिक आधार सोच र चिन्तन केही नदेखिए पनि संघीयता, लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीकरण, पहिचानलगायतका मुद्दाहरुहरु भने उठाउने गरेको टिप्पणी गरिएको छ । 

उनले भनेका छन्, पार्टीको नेतृत्व वर्गमा अत्यन्त न्युन वैचारिक स्तर, ढुलमुले र अवसरवादी चरित्र नै हावी भएकोले यस पार्टीमा हाल छजना अध्यक्ष रहेका छन् ।’

तर समाजवादी पार्टी संघीय परिषद्को आज बसेको बैठकमा अध्यक्ष भट्टराईले प्रस्तुत गरेको कार्यपत्रमा राजपा नेपाल राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल रहेको भनिएको छ । 

 उनले भनेका छन्, ‘यो दलसँग हाम्रा धेरै एजेण्डाहरु मिल्दछन् । यस पार्टीसँग एकताका निम्ति केही समयदेखि गम्भीर छलफल भइरहेको छ । यो एकता प्रयासलाई यथासम्भव छिटो तार्किक निष्कर्षमा पु¥याउने प्रयत्न गर्नु पर्दछ ।’  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप