शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतसँग नेपाल ७ विकेटले पराजित

बिहीबार, २८ कात्तिक २०७६, १५ : ५०
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप २०१९ मा भारतसँग नेपाल ७ विकेटले पराजित भएको छ । बंगलादेशमा भएको प्रतियोगितामा बिहीबार टस हारेर पहिला ब्याटिङमा उत्रेको नेपाल ४४.५ ओभरमा अलआउट हुँदै १ सय ९३ रनको योगफल बनाउन सफल भएको थियो ।

१९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ४२ ओभरमा ३ विकेटको क्षतिमा जित हासिल गरेको हो । भारतको जितमा सनवीर सिंहले सर्वाधिक ५६ रनको यागदान गरे । यस्तै अरमान जाफरले ५१ रन बनाए ।

बलिङतर्फ नेपालका करन केसी, ललितनारायण राजवंशी र सुशन भण्डारीले एक–एक विकेट लिए । ब्याटिङमा नेपालका लागि पवन शर्राफले सर्वाधिक ५६ रन बनाएका थिए भने शरद भेष्वाकरले ४४ रनको योगदान दिए ।

त्यस्तै, कुशल भुर्तेलले २८ रन बनाउँदा करण केसीले २० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रनसमेत जोड्न समेत सकेनन् । कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भए । भारतका लागि सौरभ दुवेले ४ तथा यश राठोरले ३ विकेट लिए । पार्थ रेखादेले २ विकेट लिए ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, ओमान र हङकङले प्रतिस्पर्धा गर्दैछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप