शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवनियुक्त उपकुलपति बास्कोटासँग नेविसंघले माग्यो ४ वर्षे मार्गचित्र

बिहीबार, २८ कात्तिक २०७६, १५ : १४
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा.धर्मकान्त बास्कोटासँग ४ वर्षे मार्गचित्र मागेको छ । बास्कोटा कात्तिक १८ गते त्रिविको उपकुलपति नियुक्त भएका थिए ।

उनको नियुक्तको दश दिनपछि नेविसंघ त्रिविका इकाइ अध्यक्ष हरि आचार्य नेतृत्वको टोलीले त्रिविको स्तरउन्नतीका लागि १५ दिनभित्र मार्गचित्र प्रस्तुत गर्न माग गरेको छ ।

यता लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन फागुन १४ गते हुने सुनिश्चिता सहित कार्यतालिका प्रकाशन गर्न नेविसंघले दबाब दिएको छ ।

विभिन्न ७ बुँदे माग राखेको नेविसंघ त्रिविले आफ्ना मागहरु पुरा नभए आन्दोलनमा उत्रिने चितावनी पनि दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप