शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड २०१९’

बिहीबार, २८ कात्तिक २०७६, १३ : ४३
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं– शिवम् सिमेन्टलाई एनएस क्वालिटी अवार्ड २०१९बाट सम्मानित गरिएको छ । नेपाल नापतौल तथा गुणस्तर विभागले प्रदान गर्दै आएको एनएस क्वालिटी अवार्ड यो वर्ष शिवम्ले पाएको हो ।

विभागले प्रदान गर्ने तिन अवार्ड मध्ये यस वर्ष तिनै विधामा सिमेन्टले पाएको हो। शिवम्ले पहिलो स्थान ओगट्न सफल भयो भने क्रमशः मारुती सिमेन्ट  र शुभश्री जगदम्बा सिमेन्ट दोस्रो र तेस्रो स्थानमा पर्न सफल भए ।

बालाजु माछापोखरी स्थित नेपाल नापतौल तथा गुणस्तर विभागले आयोजना गरेको अवार्ड वितरण तथा सम्मान कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोरले क्वालिटीमा सिमेन्ट उद्योगहरु जिम्मेवार बन्दै गएको बताए । 

उद्योग मन्त्री मात्रिका प्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने भनिए पनि स्वास्थ अवस्था प्रतिकुल भएकाले मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बिजेता उद्योगहरुलाई पुरस्कार तथा सम्मान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप