शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतविरुद्ध १ सय ९३ रनमा समेटियो नेपाल

बिहीबार, २८ कात्तिक २०७६, १२ : २३
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप २०१९ मा भारत विरुद्धको खेलमा नेपाल १ सय ९३ रनमा समेटिएको छ ।

टस हारेर ब्याटिङमा उत्रेको नेपाल ४४.५ ओभरमा अलआउट हुन पुग्यो ।

नेपालका लागि पवन शर्राफले सर्वाधिक ५६ रन बनाए भने शरद भेष्वाकरले ४४ रनको योगदान दिए ।

शर्राफले ४९ बलमा ७ चौका र २ छक्का हिर्काए ।

त्यस्तै, कुशल भुर्तेलले २८ रन बनाउँदा करण केसीले २० रन बनाए ।

अन्य खेलाडीले दोहोरो अंकमा रनसमेत जोड्न समेत सकेनन् । कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भए ।

भारतका लागि सौरभ दुवेले ४ तथा यश राठोरले ३ विकेट लिए । पार्थ रेखादेले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप