शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योगपति डा. रुप ज्योतिलाई हिरासतमा राख्नु गलत छ, तत्काल रिहाइ होस्ः महासंघ

बिहीबार, २८ कात्तिक २०७६, ११ : ५७
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौँ । प्रतिष्ठित उद्योगपति डा. रुप ज्योतिलाई ठगि प्रकरणमा गिरफ्तार गरी कारबाही अगाडी बढाउन गरिएको निर्देशन प्रति घरेलु तथा साना उद्योग महासंघले गम्भीर आपत्ति जनाएको छ । 

मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको प्रतिष्ठित व्यवसायिक घरानाका उद्योगपति डा. ज्योतिलाई प्रहरीले विदेशबाट फर्कने क्रममा विमानस्थलबाट बिना सूचना पक्राउ गरेर हिरासतमा लिएको घटनामा गलत भएको महासंघको ठहर छ ।

दुई पक्षबीचको व्यवहारिक कारोबारमा भएको असहमती र विवादलाई दुई पक्षबीच सरकारी वा अदालती रोहबरमा राखी समाधान खोज्न सक्ने अवस्था हुँदा—हुँदै हिरासतमा राखिनु गलत भएको महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले बताए ।

उद्योग व्यवसायको विकासमा महत्वपूर्ण योगदान पु¥याई कैंयौलाई रोजगारी दिदै आएको उद्योग प्रतिष्ठानका प्रमुख व्यक्तिलाई अपराधीलाई जस्तो हतारहतारमा पक्राउ गर्नु र पूर्पक्षका लागि थुनामा राखी कारबाही अगाडी बढाउन लगाउनु उचित नभएको तर्फ महासंघको छ । 

यसबाट मुलुकको उद्यम व्यवसायको क्षेत्रमा पर्नसक्ने नकारात्मक असरलाई न्यून गर्न डा. ज्योतिलाई सम्मानपूर्वक व्यवहार गरी रिहाइको माग महासंघले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप