बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित स्ट्राइकर डेभिड भिल्लाको खेल जीवनबाट सन्यास लिने घोषणा

बिहीबार, २८ कात्तिक २०७६, ०९ : ३२
बिहीबार, २८ कात्तिक २०७६

स्पेनिस राष्ट्रिय फुटबल टोलीका चर्चित स्ट्राइकर  डेभिड भिल्लाले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । बार्सिलोनाका पूर्वस्टार भिल्लाले अर्को महिना जापानी लिगको समाप्तिसँगै सबैखाले फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

३७ वर्षीय भिल्ला स्पेनका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले स्पेनका लागि ९८ खेल खेल्दै ५९ गोल गरेका छन् । भिल्ला १९ बर्षदेखि स्पेनिस टोलीमा सक्रिय थिए । सन् २०१० को विश्वकप उपाधि स्पेनलाई जिताउन भिल्लाको भूमिका विशेष थियो । उनी स्पेनले २००८ मा युरोपक जित्दाका पनि मुख्य खेलाडी थिए । घरेलु क्लब बार्सिलोनाबाछ २०१० देखि २०१३ सम्म खेलेका भिल्लाले त्यहाँ पनि आफ्नो बलियो छाप छाडे ।

बार्सिलोनालाई उनले  दुई पटक स्पेनिस ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि पनि जिताए । २०१३ देखि २०१४ सम्म एक सिजन एट्लेटिको म्याड्रिडबाट खेलेका भिल्लाले त्यसपछि सन् २०१८ सम्म न्युयोर्क सिटीबाट ब्यवसायिक फुटबल खेले । उनी पछिल्लो समय जापानी क्लब भिसेल कोवेमा आवद्ध थिए । आफुले फुटबलमा सकेजति गरेको र फुटबलले पनि आफुलाई धेरै दिएको भिल्लाले बताएका छन् । ‘म पहिल्यै देखि सन्न्यास लिने सोचमा थिएँ । मेरालागि सक्रिय खेलबाट बिदा हुने उपयुक्त समय यही हो,’ भिल्लाले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप