शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिर्गौलापीडित युवालाई लालीगुराँस युवा समाजको सहयोग

शुक्रबार, ०२ भदौ २०७४, ११ : ४३
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौं -मिर्गौलापीडित २२ बर्षीय पीताम्वर खनाललाइ लाली गुराँस युवा समाजले सहयोग गरेको छ ।

अर्घाखाँचीको मालारानी-५ मा रहेको युवा समाजले खनाललाई ८४ हजार एक सय ५० रुपैयाँ सहयोग गरेको हो ।

अकस्मात दुवै मुर्गौला काम गर्न छाडेपछि मालारानी गाउँपालिका ४ निवासी खनाललाई उपचारका लागि ग्रिनसीटि अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारमा सहयोग पुगोस भनेर पीडितलाई सहयोग गरिएको युवा समाजले बताएको छ ।

खनालको आर्थिक अबस्था कमजोर रहेको युवा समाजले जनाएको छ ।

युवा समाजले उपचार सहयोर्था रकम सकलन अभियान थालेपछि उक्त रकम जुटेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप