पोखरामा स्कुटर नालीमा खसेर १ जनाको मृत्यु
बुधबार, २७ कात्तिक २०७६, २२ : २५
कास्की-पोखरा महानगरपालिका वडा नं ३३ बागमारास्थित चिसापानी डाँडागाउँ सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
डाँडागाउँबाट बागमारातर्फ जाँदै गरेको ग७प ५२७६ नं को स्कुटर सडकको बायाँ किरानाको नालीमा पल्टिँदा सोही स्थानका ३५ वर्षीय पुरुषोत्तम पौडेलको च्यापिएर मृत्यु भएको प्रहरी प्रदेश कार्यालय गण्डकीले जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार स्कुटरले च्यापिएको अवस्थामा भेटिएका पौडेललाई स्थानीय र प्रहरीको सहयोगमा उपचारका लागि अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह