शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यसपालीको पलेँटीमा संगीतकार आभाससित मीना निरौला

शुक्रबार, ०२ भदौ २०७४, ११ : ३१
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौँ । नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यस पटक संगीतकार आभासले गायिका मीना निरौला मार्फत् आफ्ना सृजनाहरू प्रस्तुत गर्ने भएका छन् । 

नेपाली चलचित्र संगीतमा अहिले चर्चित मीना निरौला झण्डै एक दशक पहिलेदेखि पलेँटीसित आवद्ध रहेकी गायिका हुन् । मीनाले यसभन्दा पहिले सुप्रसिद्ध गीतकार रत्न शमशेर थापा, किरण खरेल, राममान तृषित, दिनेश अधिकारी र मुर्धन्य संगीतकार अम्बर गुरूङ, शान्ति ठटाल लगायत सँग अरू दर्जनौं पलेँटीमा आफ्नो सहगायन प्रस्तुत गरिसकेकी छन् । यसपालीको पलेँटी भने मीनाको एकल गायनको पहिलो पलेँटी हुनेछ । 

संगीतकार आभास पलेँटीलाई प्रारम्भदेखि नै संयोजन गर्दै आइरहेका संगीतकर्मी हुन् । 

आभासले यसपालीको पलेँटीमा गायिका मीना निरौलाका निम्ति नयाँ र पुराना गरेर झण्डै १६ वटा गीत छानेका छन् । केही युगल गीत पनि रहने छन् जसलाई आभास आफैँले मीनाका साथ प्रस्तुत गर्ने छन् । यासपालीको पलेँटीका निम्ति छानिएका गीतमा वैरागी काईंला, मञ्जुल, दिनेश अधिकारी, श्रवण मुकारुङ र आभासका शब्दहरू रहेका छन् । 

संगीतकार आभासले मीनाकै स्वरका लागि सृजना गरेका नयाँ गीतहरू पनि यसपालीको पलेँटीमा पहिलोपल्ट प्रस्तुत हुनेछन् ।

यो महिनाको पलेँटी २५ अगष्ट शुक्रवारको साँझ, सँधै पलेँटी आयोजना गरिने कार्यक्रम स्थल कालिका मार्ग स्थित नेपालयको ’आर’शालामा प्रस्तुत हुनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप