उपनिर्वाचन : समाजवादी पार्टीले काँग्रेसलाई सघाउने
बुधबार, २७ कात्तिक २०७६, २० : २३
मोरङ । मोरङको धनपालथान गाउँपालिकाको एक स्थानमा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सङ्घीय समाजवादी पार्टीले नेपाली काँग्रेसलाई सहयोग गर्ने भएको छ ।
दुई पार्टीद्वारा बुधबार यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त गाउँपालिका–२ को वडाध्यक्ष पदको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार नारायणप्रसाद साहलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, समाजवादी पार्टीका केन्द्रीय सदस्य भूराज राई, काँग्रेसका जिल्ला अध्यक्ष डिगबहादुर लिम्बू र समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादव र संयुक्त उम्मेदवार साहले समाजवाद र लोकतन्त्रलाई बलियो बनाउन दुवै पार्टीबीच संयुक्त उम्मेदवार चयन गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता