एनएमबी बैंकले ल्यायो ‘पूर्व स्वीकृत आवास कर्जा’
काठमाडौं– एनएमबी बैंकले ‘एनएमबी पूर्व–स्वीकृति आवास कर्जा’ (एनएमबी प्रि–अप्रुभ्ड होम लोन) सुविधा आरम्भ गरेको छ ।
अब आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकहरूले आफूले किन्न लागेको सम्पत्ति छान्नुपूर्व नै आफ्नोे ऋणको सीमा स्वीकृति प्राप्त गर्नसक्ने छन् ।
आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भुक्तानी क्षमतामा आधारित हुनेछ, जुन खरिद गर्न लागिएको धितोको पूर्व–मूल्यांकन नगरिकनै कामय गरिनेछ ।
‘यो कर्जा सुविधाले ग्राहकहरूको कर्जा प्राप्त गर्न योग्य हुँदाहुँदै पनि कर्जा सीमा सम्बन्धमा अनुभव गर्दै आउनु भएको अन्योल मेटाउने छ तथा उहाँहरूको आयको आधारमा घरघडेरी अधिकतम उपयुक्त विकल्प प्राप्त गर्नका लागि सहजीकरण गर्नेछ ।
यो नवीतम सुविधाले सम्पत्ति खरिद गर्दा सही सूचनायुक्त निर्णय लिन मद्दत गर्नेमा हामी विश्वस्त छौं,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
हाल एनएमबी बैंकको देशभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी