हरिवंश आचार्यको जन्मदिनमा मदनकृष्णले के भने ?
काठमाडौं– हास्य कलाकार हरिवंश आचार्यले बुधबार आफ्नो ६३ औं जन्मदिन मनाएका छन् । आफन्त र नजिकका साथीभाईसँग केट काट्दै उनले जन्मदिनको खुसी साटेका हुन् । आचार्यको जन्मदिनको अवसर पारेर रेडियो अडियोले नयाँ बानेश्वरमा एक कार्यक्रम आयोजना गरेको थियो । नेपाली कलाक्षेत्रका हास्य कलाकार उपस्थित कार्यक्रममा हरिवंश निकै भावुक देखिएका थिए ।
उनले थोरै व्यक्तिको समूह मिलेर बनेको महसंचार पछिल्लो समय धेरैको परिवार भएकोमा खुसी ब्यक्त गरे । ‘पहिले महसञ्चार थोरै मानिसहरुको समूह लाग्थ्यो’ उनले भने ‘अहिले सबैको परिवार भएको छ । धेरै खुसी छौ ।’
अर्का कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो र हरिवंशको मित्रता इतिहास भएको बताए । उनले हरिवंशसँग आफ्नो मित्रता कसैले पनि छुटाउन नसक्ने बताए । उनले थपे ‘जति बर्ष यो मित्रता रहन्छ । एउटा इतिहास बन्छ ।’
कलाकार केदार घिमिरे र दीपाश्री निरौलाले ‘हरि भजन’ प्रस्तुत गरेको कार्यक्रममा किरण केसी, दिपकराज गिरी, कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, हरिवंशकी पत्नी रमिला लगायतको उपस्थिति रहेको थियो ।
आचार्यको जन्म वि.सं २०१४ साल कात्तिक २७ गते भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पुरा
-
कृष्ण कँडेलको फेसबुक आइडी ह्याक
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल