बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपनिर्वाचनः धुलिखेल नगरपालिका–२ मा ४ जनाको उम्मेदवारी दर्ता

बुधबार, २७ कात्तिक २०७६, १५ : २३
बुधबार, २७ कात्तिक २०७६

काभ्रे । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि धुलिखेल नगरपालिका वडा नम्बर २ को वडाध्यक्षका लागि ४ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । 

जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश राईले दिएको जानकारीअनुसार नेकपाबाट देव प्रसाद कोइराला,  नेपाली काङ्ग्रेसबाट दर्न बहादुर खत्री, राजपा नेपालबाट कृष्ण बहादुर तामाङ र राप्रपा संयुक्तबाट बासुदेव थापाले उम्मेदवारी दर्ता गराएका छन् । 
उपनिर्वाचनका लागि स्थानीय तहतर्फ आयोगले बुधबार उम्मेदवारी दर्ताको मिति तोकेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप