दोस्रो संस्करणको आइसिटी अवार्ड वितरण
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले दोस्रो संस्करणको आइसिटी अवार्डका विजयीलाई सम्मान गर्नुभएको छ । आइसिटेक मिडियाले सो अवार्डको आयोजना गरेको थियो ।
सो अवसरमा मन्त्री बस्नेतले यस्ता कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा काम गर्नेलाई प्रोत्साहन गर्ने बताए । उनले विजेता सबैलाई बधाइ दिदै अझै नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्न आग्रह गरे । उनले नेपाल सूचना प्रविधिको क्षेत्रमा फड्को मार्ने प्रयास गरिरहेको बताउदै सूचना प्रविधिलाई अत्याधिक प्रयोग बढाउनुपर्नेमा जोड दिए ।
उनले सूचना प्रविधिको विकास गर्न सके मुलुकको कुल ग्राहस्थ उत्पादनमा वृद्धि गर्न सकिने धारणा राखे । सही ढंगबाट सूचना प्रविधिको प्रयोग बढाउन सके मुलुकको आर्थिक समृद्धि गर्न सकिने धारणा समेत राखे । उनले नेपाल सरकारले पछिल्लो समयमा आइसिटीलाई उच्च प्राथमिकतामा राखेर नीति र कार्यक्रम ल्याएको बताए ।
अवार्ड वितरण समारोहमा बोल्दै उद्योग मन्त्रालयका सचिव शंकर कोइरालाले सूचना प्रविधिलाई उद्योगको रुपमा सरकारले लैजाने तयार गरेको जानकारी दिदै नयाँ बन्न लागेको औद्योगिक नीतिमा आइसिटीलाई पनि उद्योगको रुपमा स्वीकारेर यससम्बन्धी नीति र व्यवस्था गर्न लागेको जानकारी दिए ।
कार्यक्रममा सरकारी प्रतिनिधि, विभिन्न कम्पनी, शिक्षण संस्थालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ३ उत्कृष्ट आइटी स्टार्टअपहरु बसोबास नेपाल प्रालि, पाइला टेक्नोलोजी प्रालि र जेफ्टवेयर सोलुसन्स प्रालिका साथमा ३ उत्कृष्ट आइसिटी प्रडक्टहरु परी, नेपाल भिआर र एभरेस्ट कास्टलाई मन्त्री बस्नेतले अवार्डले सम्मान गरे ।
त्यसैगरी आइसिटी पायोनियर अवार्ड २०१७ र आइसिटी डायस्पोरा अवार्डबाट क्रमशः प्रोफेसनल कम्प्युटर सिस्टमका प्रबन्ध निर्देशक सुरेशकुमार रेग्मी र इन्सेसान्ट रेन स्टुडियाका संस्थापक किरणभक्तलाई प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण