शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चा राखेर कार हाँक्दा यी कुरामा ध्यान दिनुहोस्

शुक्रबार, ०२ भदौ २०७४, ११ : १२
शुक्रबार, ०२ भदौ २०७४

अर्जुन कार्की सि. म्यानेजर, प्यासेन्जर भेहिकल डिपार्टमेन्ट सिप्रदी ट्रेडिङ प्रालि  

बच्चालाई आफ्नै साथमा राख्नुहोस् । यो सम्भव नभए साइड लक, सेन्टर लक तथा विन्डोज लक गरेर पछाडि राख्नु सुरक्षित हुन्छ । यात्रामा दुई बच्चा छन् भने ठूलो बच्चालाई सानो बच्चाको केयर गर्न भन्नुपर्छ । यात्रा अवधिमा बालबालिकाको मनोविज्ञान बुझेर कुराकानी गरिराख्नुपर्छ ।

बालबालिकालाई सुरक्षित राख्ने सिट पनि अहिले प्रचलनमा छ । यस्ता सिट उनीहरूका लागि आरामदायी एवं सुरक्षित पनि छन् । तर, यस्तो सिट प्रयोग गर्दा एयरब्याग भने डिएक्टिभेट गर्नु राम्रो हुन्छ ।

बच्चालाई सुरक्षित सिटमा राखेपछि सिटबेल्ट बाँध्न बिर्सनु हुँदैन । तर, बेल्टले शरीर धेरै कस्नु हुँदैन । सुरक्षित सिट बालबालिकाको उमेरअनुसार चयन गर्नुपर्छ ।

यात्रा गर्दा बच्चाले आफ्नो मनपर्ने वस्तु साथमै राख्न रुचाउँछन् । त्यसैले, उनीहरूको मनपर्ने खेलौना सामग्री साथमा राख्नुपर्छ । सिटमा उनीहरूलाई हानि पु¥याउने कुनै पनि सामग्री राख्नु हुँदैन ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप