सीमा समस्या समाधान गर्न सरकार चुक्नुहुँदैन : वरिष्ठ नेता पौडेल
निजगढ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थिर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको वर्तमान सरकारलाई सीमासम्बन्धी सबै समस्या समाधान गर्न सबैभन्दा उत्तम समय भएको बताएका छन् ।
बाराको निजगढमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले सीमा समस्या विगतदेखि कै भएपनि वर्तमानमा जस्तो स्थिर सरकार र सबै राजनीति शक्तिको साथ कहिल्यै नपाएको बताए ।
पौडेलले भने, ‘सीमाको समस्या धेरै पहिले देखि हो तर यो पटक हामी चुक्न हुँदैन । हामीले प्रधानमन्त्रीलाई भनेका छौँ, तपाईंले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ । दक्षिणतिर मात्र होइन नेपालको उत्तरी भागमा पनि सीमा विवाद छन् । आफ्नो देशको सीमा सुरक्षाका लागि हामी एक छौ । प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो । हामीले हेर्ने बेला आएको छ ।’
फरक प्रसङ्गमा वरिष्ठ नेता पौडेलले काँग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउन जरुरी रहेको बताउँदै त्यसका लागि छिट्टै महाधिवेशन कार्यतालिका तय बनाएर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारे ।
पौडेलले भने, ‘कार्यकर्ताको न्याय निष्पक्ष र पारदर्शी मुल्याङ्कन आवश्यक छ । दुई महिनामा गर्र्नुपर्ने काम अब महाधिवेशनको तयारी थाल्नुपर्ने बेलामा गरेर काम छैन ।’
अब जालझेलको राजनीतिले पार्टी टिक्न नसक्ने बताउँदै यो पक्ष उ पक्ष नभनेर पार्टीलाई ठूलो मिसनमा अगाडि बढाउन अब काँग्रेसको कार्यकर्ता भएर काम गर्नुपर्ने बेला आएको औँलयाए । ‘अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउँछ,’ उनले भने ।
पौडेलले निजगढ विमानस्थल र फाष्टट्रयाकलाई सरकारले गति दिन नसकेको भन्दै आपत्ती जनाए । उनले विमानस्थल बनाउने क्रममा आवश्यक मात्र रुख कटान गर्नुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो