बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुगलले अमेरिकाका लाखौँ विरामीहरुको स्वास्थ्य तथ्याङ्क गोप्य रुपमा सङ्कलन गरेको खुलासा

बुधबार, २७ कात्तिक २०७६, १० : ०९
बुधबार, २७ कात्तिक २०७६

एजेन्सी । गुगलमाथि अमेरिकाको लाखौँ मानिसको स्वास्थ तथ्याङ्क गोप्य रुपमा सङ्कलन गरेको आरोप लागेको छ । अघिल्लो एक वर्षमा अमेरिकाका २१ राज्यको लाखौं नागरिकको तथ्याङ्क तिनलाई थाहा गुगलले प्रयोग गरेको आरोप छ ।

गुगलले स्वास्थ सेवा दिने कम्पनी असेन्शनसँग केही अघि सम्झौता गरेको थियो । असेन्शनले अमेरिकाका २० राज्यमा झण्डै १५० अस्पताल सञ्चालन गर्छ ।

खबर अनुसार असेन्शनले संचालन गरेका अस्पतालहरुमा उपचार गराएका विरामीको तथ्याकंहरु तिनको जानकारीबिना नै गुगल क्लाउडमा अपलोड गरियो ।

सोमबार असेन्शन कम्पनीका केही कर्मचारीले यो अभ्यास बाहिर ल्याए । गूगल र असेन्शनले स्वास्थ सेवामा सुधार गर्ने उद्देश्यका साथ प्रोजेक्ट नाइन्टिङ्गेल शुरु गरेका छन् ।

दुवै कम्पनीले पछिल्लो एक वर्षमा लाखौँ विरामीको स्वास्थ तथ्याकं विश्लेषण गरेका छन् । कम्पनीले यो परियोजना अन्तर्गत रोगीको जानकारी चिकित्सकसम्म सही ढङ्गले पु¥याउन सकिन्छ ।

स्रोतका अनुसार असेन्शन विरामीको नाम, उमेर, जन्म मिती, चिकित्सकीय तथ्याकं, बिरामीको जाँच रिपोट्र्स, उपचार र औषधीको जानकारीको साथ–साथै अस्तपालमा भर्ती भएका जस्ता जानकारी संकलन गरेको थियो ।

तथापि, अमेरिकामा विरामीको तथ्याङ्क स्वास्थ सुविधा उपलब्ध गराउने कम्पनीसँग साझा गर्न पाइन्छ । तर मानिसहरुले यसमार्फत तिनको निजी जानकारीको अरुले अनाधिकृत प्रयोग गर्ने हुन् कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

स्वास्थ रेकर्ड पढ्नको लागि एआईको प्रयोग

गूगल र असेन्शनको परियोजना अन्तर्गत विरामीको स्वास्थ रेकर्ड पढ्नको लागि आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग गरिदैछ ।

कम्पनीको भनाईमा यसबाट बिरामीको अवस्थाको सटिक जानकारी जम्मा गर्न सहयोगी हुन्छ र उपचारको गुणस्तरमा फाइदा हुन्छ ।

दुई कम्पनीको दावी अनुसार नाइटिङ्गेल परियोजना अन्तर्गत जम्मा गरिएका तथ्याङ्कबाट विरामीलाई कस्तो उपचार दिने भन्ने पनि निक्र्यौल गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप