यसरी काटियो प्रदेश प्रमुखमा नाम
‘हतारो काम लतार–पतार’ भनेजस्तो बर्खास्तीदेखि नियुक्तिसम्म नेकपाभित्र अनेक तरंग मच्चिदैछ ।
पहिलो दिन प्रदेश पमुखहरु बर्खास्त भएको समाचार आयो । लगतै प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभयो । त्यसको साँझमा बालुवाटारमा प्रचण्ड, बामदेव र विष्णुपौडेलसहित जुटे । त्यहाँ बामदेवले भने,‘ दुई अध्यक्ष मिलेर गर्नुहोस् न त, ३/४ को अनुपात मिलाउने त होला नि ? त्यही अनुसार अगाडि बढ्यो ।
भोलिपल्ट प्रदेश प्रमुख छान्नका लागि बैठक बस्यो । त्यसका लागि भीम रावलले दिउँसै भनेका थिए, ‘गोविन्द कलौनी पनि हुनुहुन्छ है, हाम्रो ।’ यसरी हाम्रो भनेपछि माधव नेपाल पक्षधर भन्ने बुझियो र त्यसमै टिक्ने कुरा रह्यो तर त्यो सुदूर पश्चिम भन्ने संकेत रहेछ । त्यसमा धेरैको नाम आए तर सुनुवाई भएन ।
महिला, जनजाती र हिमाली जिल्ला पनि हुने कारण श्रीमायाबारे जसरी पनि निर्णयमा पुगौं भन्ने सबैजसोको मत भयो । प्रधानमन्त्री केही बोल्नुभएको थिएन । अब ‘अब श्रीमाया त होला नि’ भनेपछि प्रमले भन्नुभयो, ‘विष्णु प्रसाईँको नाम काटेर श्रीमाया हुँदैन ।’ विष्णु झापाकै बासिन्दा ।
यो समाचार आजको जनआस्थामा साप्ताहिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरमा स्वतः रक्सी बन्ने बेल्जियन पुरुष मापसे मुद्दामा निर्दोष ठहर
-
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
-
सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएन : प्रकाशमान सिंह
-
सरकारलाई आजपाको सचेतनापत्र, माग पूरा नभए वैशाख २० देखि भन्सार घेराउ
-
लोकसभा निर्वाचन : अमेठीबाट राहुल र रायबरेलीबाट प्रियंका चुनाव लड्ने
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट