शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बोलिभिया सङ्कट : विपक्षी सिनेटरद्वारा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा

बुधबार, २७ कात्तिक २०७६, ०८ : ०२
बुधबार, २७ कात्तिक २०७६

इभो मोरालेसले राष्ट्रपति पदबाट राजीनामा दिएपछि बोलिभियाको विपक्षी दलकी सिनेटर जिनाइन एनेजले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी छिन् ।

मोरालेसका पार्टीका सांसदहरुले उक्त सेसनलाई बहिस्कार गरेका कारण उनको नियुक्तिका लागि कोरम भने पूरा भने थिएन ।

एनेजले संविधानतः आफू राष्ट्रपति बन्ने लाइनमा रहेको बताउँदै चाँडै निर्वाचन घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मोरालेसले उक्त घोषणाको विरोध गर्दै एनेजलाई दक्षिणपन्थी ‘कू’ को व्यापारीको संज्ञा दिए ।

पूर्व राष्ट्रपति मोरालेस आफ्नो ज्यानमाथि खतरा रहेको बताउँदै मेक्सिकोमा शरण लिएर बसिरहेका छन् ।

राष्ट्रपति निर्वाचन परिणामलाई लिएर हप्तौ लामो प्रदर्शन पछि आइतबार मोरालेसले राजीनामा दिएका थिए ।

कृषक पृष्ठभूमिबाट आएका मोरालेस सन् २००६ मा पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएका थिए । आदिवासी समूदायबाट देशको सर्वोच्च पदमा पुग्ने उनी पहिलो व्यक्ति थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप