शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रगतले किन रातो भयो दक्षिण कोरियाली नदी ?

बुधबार, २७ कात्तिक २०७६, ०७ : ५०
बुधबार, २७ कात्तिक २०७६

उत्तर र दक्षिण कोरियाली सीमा नजिकैको एक नदी सुँगुरको रगतका कारण पूर्ण रुपमा रातो भएको छ ।

देशमा अफ्रिकन स्वाइन फिवर फैलिने खतरा पैदा भएका कारण दक्षिण कोरियाली प्रशासनले यसलाई रोक्नका लागि ४७ हजार सुँगुर मार्ने आदेश जारी गरेको थियो ।

तर वर्षाका कारण सीमा नजिकैको डम्पिङ ग्राउन्डबाट रगत बगेर नजिकैको सानो नदी इमजिनमा मिसिन पुग्यो ।

अफ्रिकन स्वाइन फिवर अत्यधिक संक्रमित र निको नहुने रोग हो जुन सुँगुरलाई लाग्छ । यसमा संक्रमित सुँगुर बाँच्ने कुनै सम्भावना नै हुँदैन । यद्यपि, मानिसहरुलाई यसको कुनै खतरा हुँदैन ।

बगेको रगतका कारण अन्य जनावरमा पनि यो रोग लाग्ने खतरा पैदा हुनसक्ने आरोपलाई स्थानिय अधिकारीले अस्विकार गरेका छन् ।

सुँगुरलाई मार्नु अघि नै उनीहरुको संक्रमणको उपचार गरिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

Photo: Getty Image

पूरा एशियामा फैलियोः

पछिल्लो सप्ताहन्तदेखि सुँगुरलाई मार्ने अभियान सुरु गरिएको थियो । तर अवशेषलाई दुबै कोरियाली सीमा नजिकैको डम्पिङ ग्राउन्ड नजिकै थुप्रै ट्रकभित्रै छोडिएको बताइएको छ ।

वास्तवमा यी गाड्नका लागि आवश्यक प्लाष्टिक कन्टेनर बन्न ढिलाइका कारण मरेका सुँगुरलाई तत्काल गाड्न नसकिएको बताइएको छ ।

दक्षिण कोरियामा अफ्रिकन स्वाइन फिवरको संक्रमणबारे हालै पत्ता लागेको थियो ।

स्वाइन फिवरको पहिलो घटना उत्तर कोरियामा गत मे महिनामा पत्ता लागेको थियो । यो संक्रमण दक्षिण कोरियासम्म नपुगोस् भन्नका लागि सरकारले थुप्रै तरिका अपनायो । सीमामा बार पनि लगाएका थियो ।

दक्षिण कोरियाली सेनाले सीमामा असैन्य क्षेत्रलाई पार गर्ने कुनै पनि जंगली जनावर मार्ने अनुमती छ ।

तर यति गर्दा गर्दै पनि दक्षिण कोरियामा अफ्रिकन स्वाइन फिभरको पहिलो घटना सेप्टेम्बर १७ मा देखियो । अहिलेसम्म यहाँ १३ यस्ता घटना सार्वजनिक भइसकेका छन् । दक्षिण कोरियामा कूल ६ हजार सात सय सुँगुर फार्म छन् ।

यो रोग फैलिएपछि चीन, भियतनाम र फिलिपिन्ससमेत एशियाका थुप्रै देश प्रभावित भएका छन् । चीनमा मात्रै १२ लाख सुँगुर यसै कारण मारिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप