शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा र काङ्ग्रेसको विकल्प पार्टी राप्रपा : कमल थापा

मङ्गलबार, २६ कात्तिक २०७६, २३ : ०९
मङ्गलबार, २६ कात्तिक २०७६

कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले देशमा राष्ट्रवादी शक्ति राप्रपा भएको दावी गरेका छन् । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रचारप्रसारका सन्दर्भमा पार्टीद्वारा पोखराको बिरौटामा आज आयोजित चुनावी सभामा उनले देशमा राष्ट्रवादी शक्ति आवश्यक भएको बताए ।

नेकपा र काङ्ग्रेसको विकल्प पार्टी राप्रपा भएको बताउँदै उनले विदेशी दबाबमा हिन्दू धर्म परिवर्तन गराउने सोच कदापि पूरा हुन नसक्ने उल्लेख गरे । नेपालको पहिचान सङ्कटमा परेको बताउँदै अध्यक्ष थापाले राप्रपा सत्ता नभई जनता केन्द्रित पार्टी भएको र देशको विकासका लागि लड्न कहिल्यै पछि नहट्ने स्पष्ट पारे ।

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था राप्रपाको एजेन्डा भएको बताउँदै उनले राष्ट्रिय स्वतन्त्रता, एकता र अखण्डताको संरक्षण, सुशासन, पूर्ण धार्मिक स्वतन्त्रतासहित धर्म सापेक्ष सनातन हिन्दू राष्ट्र कायमका लागि राप्रपा सधैँ लडिरहने उल्लेख गरे । कार्यक्रममा प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री तोरणबहादुर गुरुङ, सहायक महामन्त्री मदनबहादुर कार्की लगायतले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप