शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रहरी नियन्त्रणमा

मङ्गलबार, २६ कात्तिक २०७६, २२ : ४२
मङ्गलबार, २६ कात्तिक २०७६

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएका आरोपमा प्रहरीले कुँवरलाई नियन्त्रणमा लिएको हो ।  पूर्वपश्चिम राजमार्गमा मोटरसाइलकमा हिँडिरहेका उनले गोरुगाडालाई ठक्कर दिएका थिए । 

प्रहरीले उनीमाथि मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएको आरोप लगाएको छ । कुँवरले चलाएको मोटरसाइकल गोरुगाडासँग ठोक्किन पुग्दा गोरुगाडा अनियन्त्रित भई ढलेको थियो।

गोरुगाडा पल्टिएपछि सो गाडामा सवार चारजना घाइते भएका छन्। गाडा गौरीगंगा १० का टीकाराम चौधरीको हो । घाइतेहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। घटनामा स्वकीय सचिव कुँवरलाई भने चोट लागेको छैन । उनले चलाएको से १ ब १२९७ नम्बरको मोटरसाइकल भने क्षतिग्रस्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप