बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको आरोपमा २ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

मङ्गलबार, २६ कात्तिक २०७६, २२ : ३०
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनहरि भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार खरिदार पौडेलले लेखापढी व्यवसायीसँग रु १२ हजार घुस लिएको आरोप लागेको छ । सेवाग्राहीसँग जग्गा नामसारी गर्ने बहानामा खरिदार पौडेलले घुस लिएको आरोपमा आज मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप