शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा बचाउ नागरिक अभियान गठन, २९ गते विरोध प्रदर्शन

मङ्गलबार, २६ कात्तिक २०७६, १८ : ५४
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौँ । मार्क्सवादी चिन्तक स्वनाम साथी लगायतको पहलमा ‘सीमा बचाउ नागरिक अभियान २०७६’ गठन भएको छ । 

 सोमबार राजधानीको नेपाल ल क्याम्पसमा आयोजित अन्तरक्रियाबाट स्वनाम साथीकै संयोजकत्वमा सो नागरिक अभियान गठन भएको हो । 

सो क्रममा बोल्दै सीमाविद् विज्ञ हिरण्यलाल श्रेष्ठको सभापतित्व र समिर सिंहको संचालनमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल, विज्ञहरु डा जगत भुसाल, डा द्धारिकानाथ ढुंगेल तथा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, कमान सिंह लामा, जगतप्रसाद रेग्मी, वरिष्ठ पत्रकार श्याम श्रेष्ठ, नेकपा नेता टंक कार्की, नारायण शर्मा, पूर्वमन्त्री देव वहादुर पौडेल, नेकपाका नेता लोकनारायण सुवेदी, प्रगतिशील लेखक संघका अध्यक्ष प्रा डा जिबेन्द्रदेव गिरीलगायतले देशको भूमि बचाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए । 

अभियानकै अगुवाइमा २९ गते शुक्रबार रत्नपार्कको शान्ति वाटिकामा विरोध प्रदर्शनको कार्यक्रम तय गरिएको छ । 

भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेत समेटिएपछि त्यसको देशभर विरोध भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप