शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनाको गोलीबारीबिच रेष्टुरेन्टको फ्रिजभित्र लुकेर ज्यान जोगाउने यी नायिका

शुक्रबार, ०२ भदौ २०७४, १० : ४८
शुक्रबार, ०२ भदौ २०७४

डेली मेल

नायिका लाइला रौआसले बार्सिलोनको चरमपन्थी हमलामा आफू एक रेष्टुरेन्टको फ्रिजरभित्र लुकेर ज्यान बचाएको बताएकी छिन् । उनले यसबारे ट्वीटरमा जानकारी दिएकी हुन् ।

४६ वर्षीय स्नुकर स्टार रोनी ओ’सुलिभानकी श्रीमतीले हमला भइरहेका बेला ट्वीट गरेको बताएकी छिन् । बिहिबार साँझ बार्सिलोनामा भएको हमलामा १३ को मृत्यु र सयभन्दा बढिको मृत्यु भएको बताइएको छ ।

नायिकाले ट्वीटरमा लेखेकी छिन्, ‘हमला भइरहेको स्थिती छ । रेष्टुरेन्टको फ्रिजरमा लुकेकी छु । यति चाँडो भयो । यहाँ भएका सबैको सुरक्षाको कामना गरिरहेकी छु ।’

अर्को ट्वीटमा उनले लेखेकी छिन्, ‘गोलीको आवाज भर्खरै सुनें । सशस्त्र प्रहरी कसैको खोजीमा सडकमा निस्किएका छन् ।’

त्यसपछि पनि उनले विभिन्न ट्वीट गरेकी छिन् ।

पुलिसका अनुसार सयभन्दा बढि घाइते भएका छन् जसमध्ये १० को अवस्था गम्भिर छ । क्याटालोनियाका आन्तरिक मन्त्री जोआक्विम फोर्नले मृतकको संख्यामा वृद्धि हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप