राष्ट्रिय हितका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्छ: केसी
बुटवल– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष केसीले सो कुरा बताएका हुन् ।
अध्यक्ष केसीले भारतले नेपाली जमिन समेटेर आफ्नो नक्सा सार्वजनिक गरेपछि त्यसविरुद्ध नेपालका राजनीतिक दल एक ठाउँमा आउनु अत्यन्तै राम्रो पक्ष भएको बताए । अब जनता सचेत भइसकेकाले राष्ट्रिय हितविपरित जाने जोसुकै दललाई जनताले लोप्पा खुवाउने समेत उनले बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले भारतले हड्पेको नेपाली भूमि फिर्ता गर्नुपर्ने अहिले उत्तम समय भएको समेत बताए ।
कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको बताउँदै उनले सुस्ता र मिचिएका अन्य भूभाग पनि फर्काउन पहल गर्नुपर्नेमा जोड दिए । उनले सरकारले जनअपेक्षाअनुसारको काम गर्न नसकेको आरोप समेत लगाए ।
अर्को प्रसंगमा अध्यक्ष केसीले वर्तमान सरकारलाई ढाल्नुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते