शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले नेपालका नेताहरुलाई टेर्दैन:  डा.भट्टराई

मङ्गलबार, २६ कात्तिक २०७६, १७ : ५७
मङ्गलबार, २६ कात्तिक २०७६

बुटवल– परराष्ट्रविद् डा.दिनेश भट्टराईले सीमा विवाद समस्याको समाधान गर्न प्रधानमन्त्री ओलीले खुट्टा कमाउन नहुने बताएका छन् ।  रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा आयोजित साक्षात्कारमा बोल्दै डा.भट्टराइले सो कुरा बताएका हुन् । 

सरकारले सबै दलको सहमति जुटेका बेला भारतसँग कुटनीतिक रुपमा दह्रो कदम चाल्नुपर्नेमा जोड दिँदै उनले सरकारलाई खुट्टा नकमाउन आग्रह गरे ।  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा परराष्ट्र सल्लाहकार समेत रहेका उनले भारतले नेपालको भूमिमा गिद्दे दृष्टि लगाउन नहुनेमा जोड दिए ।

यो विवाद नयाँ होइन, ६० बर्ष देखिको हो, अहिलेको सरकार २०१५ सालको भन्दा पनि बलियो दुई तिहाइको छ, राष्ट्रिय सहमति जुटेका बेला भारतीय समकक्षीसँग वार्ता गरेर प्रधानमन्त्रीले नेपाली भूमि फिर्ता ल्याउन सक्नुपर्छ’ उनले भने ।

सीमा विवाद कहिल्यै पनि नदोहोरिने गरि टुङ्ग्याउने अवसर आएको दाबी    गर्दै उनले नेपाली नेतृत्वको अडान नहुँदा भारत हेपेको उनले आरोप लगाए । भट्टराईले नेपालका नेताहरुलाई भारतले नटेरेको बताए ।  साक्षात्कारमा बुटवल बारका अध्यक्ष जोगबहादुर खत्रीले सरकार बलियो भएको प्रमाण भारतलाई देखाउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप