शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेटः चार वर्षीय बालकको हातबाट जुस पिएर डा केसीले तोडे अनसन

मङ्गलबार, २६ कात्तिक २०७६, १७ : ४८
मङ्गलबार, २६ कात्तिक २०७६

    डडेल्धुरा । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्नो १७ औँ अनसन तोडेका छन् । मंगलबार नवौं दिनमा केसीले आफ्नो अनसन तोडेको घोषणा गरेका हुन् ।
  

 डा. केसीले स्थानीय अमरगढी नगरपालिका–४ बस्ने  चार बर्षिय बालक श्रीयान्स जैरुको हातबाट जुस पिउँदै १७ औं अनशन तोडेका हुन् । 

    राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशबासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगित गरेको उनले विज्ञप्तिमार्फत जनाए । चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उनी डडेल्धुरामा असनसन बसेका थिए  ।

    केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने स्मरण पत्रकारहरूमार्फत गराएका छन् । सरकारले आफ्नो माग पूरा नगरे पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने उनले बताएका छन् ।

    सत्याग्रहकै बीचमा भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको समाचारले अरु नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको केसीले जनाएका छन् ।
    ‘आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो । तर, सत्तामा हुनेहरूले राष्ट्रियताको बहाना पारेर कर्तव्यच्युत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य हुँदैन,’ केसीले भनेका छन् ।

    उनले सीमा रक्षा राष्ट्रियताको पहिलो सर्त हो भन्दै सबल र आत्मसम्मानपूर्ण राष्ट्रका लागि सीमा रक्षा मात्रै काफी नभएको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप