बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेलिकप्टर चढेर भक्तपुर दरबार स्क्वायर घुम्न पुगे बंगलादेशका राष्ट्रपति (फोटोफिचर)

मङ्गलबार, २६ कात्तिक २०७६, १७ : ३४
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौँ । चार दिने नेपाल भ्रमणका सिलसिलामा मंगलबार काठमाडौँ आइपुगेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन्।

 उनी त्यहाँपुग्दा  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गरेका थिए । 

राष्ट्रपति हमिदले भक्तपुर दरबार स्क्वायरका मन्दिर तथा कलाकृतिको सूक्ष्म अवलोकन गरेका थिए । 

यस्तै  राष्ट्रपति हमिदको सम्मानमा आयोजित विशेष सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो । 

हमिद हलिकप्टरमार्फत भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमणमा पुगेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप