बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

'अघोरी बाबा'की श्रीमतीविरुद्ध ठगी मुद्दामा ५ दिन म्याद थप

मङ्गलबार, २६ कात्तिक २०७६, १७ : १७
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौँ । ‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीकी श्रीमती शारदा पाण्डे ५ दिन हिरासतमा रहने भएकी छिन् । 
ठगी आरोपमा सोमबार पक्राउ परेकी उनलाई प्रहरीले मंगलबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएकोमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । 

चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । 

पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आएकी थिइन् । उनीहरुको बिहे भएको भनेर लिइएको अन्तरवार्ताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप