बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अत्यधिक रक्तचापका कारण सुत्केरीको मृत्यु

मङ्गलबार, २६ कात्तिक २०७६, १७ : १६
मङ्गलबार, २६ कात्तिक २०७६

म्याग्दी– म्याग्दीको धौलागिरि  गाउँपालिका–२ लुलाङमा आज एक सुत्केरीको मृत्यु भएको छ । ललाङकी ३० वर्षीया सतिकला विकको मृत्यु भएको वडाध्यक्ष गमप्रसाद विकले बताए । विकले जन्माएको छोराको अवस्था भने सामान्य छ । 
    
प्रसूतिपछि अत्यधिक रक्तचापका कारण विकको मृत्यु भएको हो । विकले सोमबार राति लुलाङ स्वास्थ्यचौकीमा बच्चा जन्माएका थिए । आज बिहान सामान्य अवस्थामा घर गएकी विक आकस्मिक रुपमा बेहोस भएपछि आफन्तले स्वास्थ्यचौकीमा लगेका थिए । हेलिकप्टरबाट पोखरा लैजाने तयारी गर्दैगर्दा दिउँसो २ बजे विकको मृत्य भएको वडाध्यक्ष विकले बताए ।। 

धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर निःशुल्क हेलिकप्टर मगाएकी थिइन् । पोखराबाट हेलिकप्टर उड्ने तयारी भएको अवस्थामा सुत्केरीको मृत्यु भएको खबर आएको गाउँपालिका अध्यक्ष पुनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप