मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डा. गोविन्द केसीले गरे अनसन स्थगित

मङ्गलबार, २६ कात्तिक २०७६, १७ : ०५
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौँ– डा. गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन् । देशमा सीमा विवादको मुद्दा चर्किएको भन्दै डा. केसीले मंगलबार नवौँ दिनमा अनसन स्थगित गरेका हुन् । 

‘राष्ट्रियताको संवेदनशील विषयमा देशभर आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई ख्याल गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं,’ डा. केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

डा. केसीले दुरदराजमा बस्ने नागरिकले सर्वसुलभ ढंगले स्वास्थ्य सेवा पाउनुपर्ने लगायतका माग राख्दै कार्तिक १७ गतेबाट अनसन थालेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप