बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान फेडेरेशनको अध्यक्षमा नवराज कुँवरको उम्मेदवारी घोषणा

मङ्गलबार, २६ कात्तिक २०७६, १६ : ३१
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौँ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान फेडेरेशन) को अध्यक्ष पदमा नवराज कुँवरले उम्मेदवारी घोषणा गरेका छन् । 

आगामी मंसीर ७ गते काठमाडांैमा हुने क्यान फेडेरेशनको १३ औं कार्य समिति चयनका लागि हुने निर्वाचनमा कुँवरले आफ्नो टिमसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । 

हालका वरिष्ठ उपाध्यक्ष रहेका उनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सबै साथीहरुको सुझावको आधारमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको बताए । 

क्यान फेडेरेशनमा ४३ सदस्यीय केन्द्रिय कार्य समिति छ । सोही कार्य समिति चयनका लागि आगामी मंसीर ७ गते निर्वाचन हुँदैछ । कुँवरले सूचना र प्रविधिको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढने संकल्पसहित आफूले क्यान फेडेरेशनको आगामी नेतृत्वको लागि उम्मेदवारी दिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप