नेपाल बैंकले ल्यायो ग्रीन सेभिङ निक्षेप योजना
काठमाडौं– नेपाल बैंक लिमिटेडले ‘ग्रीन सेभिङ निक्षेप योजना’ ल्याएको छ । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३ औं वार्षिकोत्सवको अवसर पारेर आगामी कार्तिक ३० गतेदेखि लागू हुने गरी सो योजना ल्याएको हो ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले यस योजनाबाट संकलित भएको रकम नविकरणीय उर्जा र वातावरण मैत्री क्षेत्रमा लगानी गर्ने जानकारी दिए । न्यूनतम २५ हजारमा बचत खाता खोली यो निक्षेप योजनामा सहभागी हुन सकिनेछ ।
उक्त योजनामा सहभागी हुने निक्षेपकर्तालाई बैंकले ६ दशमलव ५ प्रतिशत व्याजदर उपलब्ध गराउने आकर्षक योजना पनि तय गरेको छ । बैंकका प्रवक्ता अधिकारीले सो योजनामा सहभागी हुने निक्षेपकर्तालाई बैंकले निःशुल्क एटिएम कार्ड, ५० हजारसम्मको औषधि उपचारको व्यवस्था तथा ५० लाखसम्मको दुर्घटना विमालगायतका सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको बताए ।
त्यसैगरी बैंकले आफ्नो ८३ औं स्थापना दिवसको अवसर पारेर ‘सुलभ अवास कर्जा योजना’ पनि सार्वजनिक गर्ने तयारी गरेको छ । बैंकको ८३ औं स्थापना दिवस आगामी कार्तिक ३० गते काठमाडौंमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह