बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युवा संघका करिब दुईहजार ३०० प्रतिनिधि

शुक्रबार, ०२ भदौ २०७४, १० : ३६
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौँ - युवा संघ नेपालको नवौँै महाधिवेशनमा करिब दुई हजार ३०० प्रतिनिधि छनोट गरिने भएको छ । 

आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुन लागेको उक्त महाधिवेशनमा देशभरबाट प्रतिनिधि छनोट गरिनेछ । तीन वर्षका लागि हुने महाधिवेशनले प्रत्येक भूगोल, क्षेत्रबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रतिनिधि छनोट गरी केन्द्रीय नेतृत्वसमेत छनोट गर्नेछ । ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने मूलनारा तय गरिएको संघ उपाध्यक्ष दिलु पन्तले जानकारी दिनुभयो । 

नयाँ संविधानअनुसार मुलुकमा संगठनलाई अब स्थानीय तह तथा प्रदेश र केन्द्रीय गरी नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिइनेछ । त्यसका लागि समयसापेक्ष विधान संशोधन गरिने छ । 

राष्ट्रिय स्वाभिमान र संविधान पूर्ण कार्यान्वयन नै संगठनको मूल कार्यदिशा बनाइएको छ । विभिन्न २५ मुलुकका युवा संगठनका प्रतिनिधिलाई अतिथिका रुपमा निम्ता गरिने जनाइएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप