बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रोग पहिचान नगरी शल्यक्रिया गर्दा १७ वर्षीया युवतीको मृत्यु

मङ्गलबार, २६ कात्तिक २०७६, १२ : ०८
मङ्गलबार, २६ कात्तिक २०७६

रोग पहिचान नगरी शल्यक्रिया गर्दा गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको मृत्यु भएको छ । 

पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को उपचारका क्रममा शल्यक्रिया गर्दा बिरामीको रक्त नशा फुटेर रगत बगेकोे अस्पतालको दाबी छ । 

लुम्बिनीमा थप उपचार हुन नसक्ने भएपछि चिकित्सकसहितको टोलीसँग भैरहवा मेडिकल कलेजमा उपचारका लागि बिरामीलाई लगिएको थियो । 

शनिबार सामान्य बिरामी भएपछि पाल्पामा उपचारका लागि ल्याएको र आइतबार बिरामीको शल्यक्रिया गर्दा गदै मृत्यु भएको मृतककी आमा रेश्मी रसालीले जानकारी गराइन् । शल्यक्रिया गर्दा लापरवाहीमा छोरीको मृत्यु हुन गएको आमा रेश्मी रसालीको दाबी छ ।

एपेन्डिक्सको शल्यक्रिया गर्दा पेटभित्र नशा फुटेर रगत जमेको थियो । जमेको रगत हटाइयो । नशा फुटेर बगेको रगत रोक्नका लागि नशाको शल्यक्रिया गर्न भैरहवा मेडिकल कलेजमा चिकित्सकसहित पठाइएको कलेजका वरिष्ठ सर्जर डा. राजकुमार क्षेत्रीले बताए ।

कलेजका प्रवक्ता कृष्ण पराजुलीले शल्यक्रियापछि थप उपचार आवश्यक रहेकोले भैरहवा लैजाँदा मृत्यु भएको बताए । पीडित र अस्पतालबीच पटक–पटक सहमतिका लागि वार्ता भएको छ ।  मृतकको शव भैरहवास्थित कलेजमा रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप