शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो ‘म्यारिज एनिभर्सरी’भन्दा तीन दिन पहिले नै बिरामी परिन् दीपिका

मङ्गलबार, २६ कात्तिक २०७६, ११ : ३१
मङ्गलबार, २६ कात्तिक २०७६

बलिउड अभिनेत्री दीपिका पादुकोन पहिलो विवाह वर्षगाँठ पूरा हुनुभन्दा तीन दिन अगाडि विरामी परेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफू बिरामी भएको कुरा खुलाएकी हुन्  ।

उनी केहि दिन अगाडि आफ्नी साथी उर्वशीको विवाहमा बंगलोरमा थिइन् । उनले केही फोटो र भिडियो सेयर गर्दै विवाहमा गरेको मस्तीका कारण विरामी भएको बताएकी छिन् । 

तस्बिरमा दीपिकाको आँखा सुन्निएको देखिन्छ । उनले फोटोमा थर्मोमिटर पनि इन्सर्ट गरेर राखेकी छिन् । तस्बिरसँगै ‘जब साथीको विवाहमा भरपूर मनोरञ्जन गरिन्छ’ भनेर लेखेकी छिन् । 

दीपिकाले अघिल्लो वर्ष अभिनेता रणवीर सिंहसँग विवाह गरेकी थिइन् । गत वर्ष नोबेम्बर १४ मा वैवाहिक जीवनमा बाँधिएकी दीपिकाले ४ वटा विवाह रिशेप्सन पार्टी दिएकी थिइन् । 

विवाह वर्ष गाँठको तीन दिन अघि मात्र बिरामी भएकी दीपिकाको विवाह वर्ष गाँठको दिन कस्तो हुन्छ त्यो त हेर्न बाँकी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप