कन्सर्टमा ढिला गरेको भन्दै रिसाएका फ्यानले गायिका मडोनाविरुद्ध दर्ता गरे मुद्दा
अन्तर्राष्ट्रिय स्टार मडोनविरुद्ध एक रिसाएका प्रशंसकले कन्सर्टमा ढिला गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । ती व्यक्तिले आर्थिक भरपाइको माग पनि गरेका छन् । यहाँ याद गर्नुपर्ने कुरा के छ भने मडोनाको म्याडम एक्स टुरको क्रममा कन्सर्टका बेला निकै अबेर पुग्ने बानीका कारण प्रशंसकमा विशेष निराशा छ ।
फ्लोरिडामा बस्ने नेट हलेन्डरले १७ डिसेम्बरमा मियामीको फिलमोर बीचमा हुने कन्सर्टको समय परिवर्तन भएपछि मुद्दा दर्ता गराएका छन् । नेटद्वारा दर्ता गरिएको मुद्दा अनुसार उक्त कन्सर्ट साढे ८ बजे हुने निश्चित थियो तर २३ अक्टोबरमा कार्यक्रमको समय साढे १० बजे हुने भनेर परिमार्जन गरियो । दर्ता गरिएको मुद्दा अनुसार उनी नयाँ समयमा कन्सर्ट हेर्न जान चाहँदैनन् जसका कारण उनले पैसा फिर्ता मागिरहेका छन् तर कार्यक्रम आयोजकले उनलाई पैसा फिर्ता दिइरहेका छैनन् ।
यतमात्रै होइन उनले मुद्दा दर्ता गर्दै मियामीको कार्यक्रममा ढिलाइ भएको यो पहिलो घटना नभएको पनि बताएका छन् । ६१ वर्षीया गायिका ढिलो गरी आउने उनको बानी पुरानो हो, उनले बताएका छन् ।
नेटका अनुसार उनले करिब एक हजार २४ डलर अर्थात् एक लाख १७ हजार रुपैयाँ खर्च गरेर तीनवटा टिकट खरिद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप