बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

१८ वर्षीया छोरीको कुमारित्व परीक्षण गराइरहने र्‍यापर एवं नायक टिआइको खुलासा

मङ्गलबार, २६ कात्तिक २०७६, ०७ : ३०
मङ्गलबार, २६ कात्तिक २०७६

अमेरिकाका चर्चित र्‍यापर एवं नायक टिआइले आफ्नी छोरीको नीजि जीवनबारे अचम्मित गरिदिने खुलासा गरेका छन् । एक कार्यक्रमका बेला र्‍यापरले वर्षको एकपटक आफ्नी छोरीको कुमारित्व (भर्जिनिटी) परीक्षण गर्ने बताएका छन । उनको यस्तो भनाई पछि उनका प्रशंसक र सिने जगतका हस्तीले रोष व्यक्त गर्न सुरु गरेका छन् ।

अचम्मित भए कार्यक्रमका प्रस्तोताः

टिआइको यो सनसनीपूर्ण खुलासा पछि कार्यक्रमका प्रस्तोता अचम्मित भए । सुरुमा उनलाई टिआइले ठट्टा गरिरहेको सोचे तर पछि उनी आफ्नो बयानका लागि निकै सिरियस भएको देखिएपछि उनी साँच्चै नै जिल्ल परे । र्‍यापरका अनुसार जब उनकी छोरी कलेज जान सुरु गरिन् तबदेखि छोरीले आफूसँग यौनसम्बन्धि कुराकानी गर्न सुरु गरेको बताए ।


छोरीको जन्मदिनको भोलिपल्टै आफूले उनलाई स्त्रीरोग विशेषज्ञकोमा लिएर जाने र सबैकुरा ठिक भए नभएको परीक्षण गर्ने टिआइले बताए । यद्यपि, यो बयानपछि नै र्‍यापरलाई सोसल मिडिया प्रयोगकर्ताले गाली गर्न सुरु गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप