सर्तकता केन्द्रको ठहर : मेडिकल कलेजद्वारा झन्डै ३ अर्ब गैरकानुनी असुली
मङ्गलबार, २६ कात्तिक २०७६, ०६ : ४२
१
प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रुपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा मेडिकल कलेजहरुले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्कका नाममा गैरकानुनी रुपमा रकम असुली गरेको उजुरीका आधारमा छानबिन गर्ने क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।
छानबिनका क्रममा मेडिकल कलेजहरुले प्रतिपविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)