बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बहुउपयोगी बन्दै बायोग्यास, फोहोर र मलबाट ग्यास उत्पादन गरी सिलिन्डर र पाइपबाटै बजार टोलमा

मङ्गलबार, २६ कात्तिक २०७६, ०६ : २७
मङ्गलबार, २६ कात्तिक २०७६

नगरको फोहोर गाईबस्तुको मललगायतका वस्तुबाट ग्यास उत्पादन गरी सिलिन्डर र पाइपबाटै बजार टोलमा बायोग्यास र कृषकलाई प्राङ्गारिक मल पुराउने लक्ष्यसाथ देशभर निर्माण थालिएका एक दर्जन ठूला बायोग्यास प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेका छन् । कतिपयले त उत्पादनसमेत थालिसकेका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विश्व बैङ्कको आर्थिक सहायतामा देशभर साढे चार सयभन्दा धेरै आयोजना बनिरहेको केन्द्रले छ । 

परियोजनाअन्तर्गत अहिलेसम्म ठूला र नगर फोहोरका १६५ र संस्थागत तथा सामुदायिक तीन सय आयोजना निर्माण गरिएको केन्द्रले जनाएको छ ।

यीमध्ये व्यावसायिक प्रयोजनका एक हजार पाँच सय घनमिटर क्षमताभन्दा ठूला १२ आयोजना आकर्षक आयोजना छन् । चार प्लान्टबाट ग्यास, मल तथा विद्युत्समेत उत्पादन सुरु भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप